दफा
मूसा निर्मूलनको प्रमाण–पत्र
(१) मूसा पीडित पानी जहाजले मूसा निर्मूलन सन्तोष जनकरुपले
पूरा गरेको प्रमाणको लागि तोकिएबमोजिमका मूसा निर्मूलनको प्रमाण–पत्र प्राप्त गर्नुपर्छ ।
(२) कुनै पानी जहाज मूसा पीडित नभए वा मूसा पीडित भएको शंड्ढा गरिएको नभए वा
मूसाको संख्या नगन्य हुने स्थितिमा स्थायीरुपले राखिएको भए सो पानी जहाज मूसा पीडित छैन
भन्ने कुराको प्रमाण–पत्र र त्यस्तो पानी जहाजलाई कुनै खास अवधिसम्म मूसा निर्मूलन गर्नबाट
छुट पाएको छ भन्ने कुराको प्रमाण–पत्र समेत प्राप्त गर्नुपर्छ ।
(३) नेपाली पानी जहाज अडिने जुनसुकै बन्दरगाहको स्वास्थ्य अधिकारीले प्रदान गरेको
मूसा निर्मूलनको प्रमाण–पत्र वा मूसा निर्मूलनबाट छूटको प्रमाण–पत्र मान्य हुनेछ ।